कुकुर मारेको विरोधमा माइतीघरमा प्रदर्शन
काठमाडौं। काभ्रेको बनेपामा कुकुर मारेको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ। पशुअधिकारकर्मीहरूले कुकुरको हत्यारालाई कारवाहीको माग गर्दै प्रर्दशन गरेका हुन्। बालकलाई टोकेको भन्दै गत चैत १८ गते दुईजनाले कुकुरलाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका थिए। कुटपिटपछि कुकुर मरेको थियो। कुकुरसहित प्रदर्शनमा सहभागीले जनावरलाई बर्बर यातना नदिन समेत आग्रह गरे। प्रहरीले उक्त घटनाको अनुसन्धान थालेको छ।
प्रतिक्रिया दिनुहोस्