विभिन्न आन्दोलनमा ज्यान गुमाउनेदेखि पूर्वलडाकुसम्मलाई ‘लोकतान्त्रिक योद्धा’ सम्मान
काठमाडौँ। सरकारले विभिन्न आन्दोलनमा ज्यान गुमाएका परिवार घाइते तथा अपाङ्गता भएकाहरू र बहिर्गमित पूर्वलडाकुहरूलाई ‘लोकतान्त्रिक योद्धा’को रूपमा सम्मान गरेको छ। सम्मान पाउनेमा २०६२-६३ को जनआन्दोलन, माओवादी सशस्त्र द्वन्द्व र मधेस आन्दोलनमा ज्यान गुमाएका परिवार, घाइते तथा अपाङ्गता भएकाहरू र बहिर्गमित पूर्वलडाकु गरी ३८१ जना रहेका छन्।
प्रतिक्रिया दिनुहोस्