चार भोट नपाए गण्डकी प्रदेश सरकार फेरिने तीन कारण गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गको सरकार फेरिने सङ्केत देखिएको छ। यसका तीनवटा कारणहरू छन्– पहिलो, तीनजना सांसद भएको जनमोर्चाले मुख्यमन्त्री गुरुङ्गलाई दिएको समर्थन फिर्ता लिएको छ। दोस्रो, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच कांग्रेस नेतृत्वमा सरकार बनाउने सहमति भएको भनिएको छ। तेस्रो, ६० जना सांसद रहेको प्रदेशसभामा एमालेसँग २७ जना सांसद मात्र छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्