सत्ता कब्जा गर्ने महत्त्वाकांक्षा पूरा भएन, अनि प्रतिगमनको हल्ला : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयले आफ्नो सत्ता कब्जा गर्ने महत्त्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताएका छन्। लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान, व्यवस्था र जनताको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको बताए। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै भने, “लुटपाट गरेर भए पनि सरकारमा पुग्ने चाहना पूरा नहुँदा प्रतिगमन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्