दाताले पुनःनिर्माणमा प्रतिबद्धता गरेकोमध्ये ३२.२ प्रतिशत रकम मात्र नेपाललाई प्राप्त
काठमाडौं। दाताहरूले नेपालको पुनःनिर्माणमा सघाउने भनी गरेको प्रतिबद्धताअनुसार आधा रकम पनि नेपाललाई उपलब्ध भएको छैन। सन् २०१५ जुनमा काठमाडौंमा आयोजित दाता सम्मेलनमा विभिन्न दाताहरूले नेपालको पुनःनिर्माणमा ४ अर्ब १० करोड अमेरिकी डलरको प्रतिबद्धता जनाएका थिए। अर्थ मन्त्रालयअनुसार हालसम्म दाताबाट १ अर्ब ४० करोड ६९ लाख अमेरिकी डलर मात्र प्राप्त छ। यो कूल प्रतिबद्धताको ३२.२ प्रतिशत मात्र हो।
प्रतिक्रिया दिनुहोस्