कोरोना महामारीमा विदेशमा अलपत्र परेका चार लाखभन्दा बढीको उद्धार काठमाडौं। सरकारले कोभिड-१९ कारण असहज परिस्थितिमा विदेशमा अलपत्र परेका चार लाखभन्दा बढीलाई उद्धार गरी स्वदेश फर्काएको छ। कोभिड-१९ क्राईसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का अनुसार २०७६ चैत १ गतेदेखि २०७७ चैत मसान्तसम्म विश्वका ६० देशबाट सरकारले ४ लाख ६ हजार १०१ जनालाई उद्धार गरिएको छ। यसरी फर्कनेमा अधिकांश वैदेशिक रोजगारको सिलसिलामा खाडी राष्ट्र तथा मलेसिया गएकाहरू रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्