२७ विदेशीलाई तीन महिनाभित्र नेपाल छाड्न निर्देशन
काठमाडौं। सरकारले २७ जना विदेशी नागरिकलाई तीन महिनाभित्र नेपाल छोड्न भनेको छ। नेपालमा लामो समयदेखि अवैध रूपमा रहँदै आएका कारण उनीहरूलाई देश छोड्न भनिएको हो। सरकारले उनीहरूले बुझाउनु पर्ने भिसा दस्तुर तथा बिलम्ब शुल्क ४ लाख ७२ हजार ३६० अमेरिकी डलर र जरिवाना १३ लाख ५० हजार रूपैयाँ पनि मिनाहा गरिदिएको छ।
प्रतिक्रिया दिनुहोस्