विकास सहायतामा ठूलो हिस्सा बहुपक्षीय साझेदारको
काठमाडौं। दातृ राष्ट्र तथा निकायहरूले नेपाललाई उपलब्ध गराउँदै आएको विकास सहायता रकममा द्विपक्षीयभन्दा बहुपक्षीय साझेदारको हिस्सा बढी रहेको छ। अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको विकास सहायता प्रतिवेदनअनुसार आर्थिक वर्ष सन् २०१९/२० मा नेपालले प्राप्त गरेको कूल विकास सहायतामा बहुपक्षीय साझेदारको हिस्सा ७१ प्रतिशत रहेको छ। विकास सहायतमा द्विपक्षीय साझेदारको हिस्सा २९ प्रतिशत मात्र रहेको छ।
प्रतिक्रिया दिनुहोस्