अब विदेशमा विद्यालय खोली नेपाली पाठ्यक्रम पढाउन पाइने काठमाडौं। सरकारले विदेशमा रहेका नेपालीलाई त्यहाँ खुलेका माध्यमिक तहसम्मका विद्यालयमा नेपाली पाठ्यक्रमअनुसार पठनपाठन गर्न अनुमति दिने भएको छ। केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। विदेशमा बस्ने नेपाली समुदाय तथा तिनका लागि कार्यरत संस्थाले र नेपाली पाठ्यक्रममा शिक्षण सिकाई क्रियाकलाप गर्न चाहनेलाई सर्त तोकी अनुमति दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्