वैशाख १ को दिन घटेका केही ऐतिहासिक घटनाहरू
काठमाडौँ। वैशाख १ गते नेपालको इतिहासमा केही उल्लेखनीय घटनाहरू छन्। २००४ सालमा यसै दिन राणाशासनविरुद्ध सत्याग्रह आन्दोलन सुरु, २००५ सालमा नेपालको पहिलो लिखित कानुन लागु, २००८ सालमा नेपाली सेनाको परमसेनाधिपति राणा प्रधानमन्त्रीबाट हटाएर राजालाई दिइएको, २०१८ सालमा नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा बाँडिएको, २०१९ मा पूर्व-पश्चिम राजमार्गको शिलान्यास र २०१९ मा नेपालमा पहिलो अटोमेटेड टेलिफोन सुरु भएको थियो।
प्रतिक्रिया दिनुहोस्