बंगलादेशले लगायो एक साता लामो लकडाउन
काठमाडाैं। बंगलादेश सरकारले बुधवारदेखि ८ दिनका लागि लकडाउन लगाएकाे छ।
बंगलादेशमा ६ लाख ८४ हजार कोभिड–१९ का बिरामी भेटिएका छन् भने ९ हजार ७३९ जनाको मृत्यु भएको छ ।
लकडाउनमा सम्पूर्ण सरकारी, अर्धसरकारी र निजी कार्यालयहरू बन्द हुनेछन्। तर, विमानस्थल, भूमि र समुन्द्री पोर्ट र यससम्बन्धी कार्यालयहरू भने खुला हुनेछन्।
त्यसैगरि, अनलाईन डेलिभरी गर्ने गरी होटल रेष्टुराँलाई पनि खोल्न दिईनेछ।
प्रतिक्रिया दिनुहोस्