मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी कारबाहीमा काठमाडौं। चितवनमा मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी साधन कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको हालसम्म ३६ सवारी साधनले मापदण्डविपरीत पशु ढुवानी गरेको पशु क्वारेन्टाइन चेक पोष्ट रामनगर चितवनका प्रमुख डा.कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार चालु आव २०७७/०७८ को भदौमा चार, असोजमा आठ, कात्तिकमा दुई, मंसिरमा दुई, पुसमा नौ, माघमा पाँच र फागुनमा छ वटा सवारी साधन कारबाहीमा परेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्