लुम्बिनीमा पनि मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावको तयारी
काठमाडौं। नेकपा विघटन भएर एमाले र माओवादी केन्द्रको पुर्नस्थापनाको असर प्रदेश सरकारहरुमा देखिन थालेको छ।
गण्डकीमा अविश्वास प्रस्तावको सम्भावना भएपछि प्रदेशसभाको अन्त्य गरिएकोछ।
माओवादी नेतृत्वमा सरकार बनाउन कांग्रेसले सहयोग गर्ने समझदारी बनेपछि लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी थालिएको छ।
लुम्बिनीमा ८७ सांसदमध्ये सरकार बनाउन ४३ मत आवश्यक पर्छ। कांग्रेससँग १९, माओवादीसँग २० र जसपासँग ६ सिट छ।
प्रतिक्रिया दिनुहोस्