गण्डकीमा तीन दलको बैठक, आजै अविश्वास प्रस्ताव दर्ता हुने काठमाडौं। अविश्वास प्रस्ताव दर्ता गर्न गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको बैठक बसिरहेको छ । गण्डकी सरकारका मुख्यमन्त्रीविरुद्ध आजै अविश्वास प्रस्ताव दर्ता गर्ने तीनवटै दलको तयारी छ । गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले देखापढीलाई भने, “आजै अविश्वास प्रस्ताव दर्ता हुन्छ, विशेष अधिवेशनको आह्वानका लागि हस्ताक्षर बुझाउँछौं ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्