राजदूत पाण्डेले बुझाए चीनका राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र काठमाडौं। चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चीनको राष्ट्रपति सी चिनफिङ समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजिना गरिएको एक समारोहबीच पाण्डेले ओहोदाको प्रमणपत्र चिनियाँ राष्ट्रपतिलाई बुझाएका हुन्। सरकारले केही महिना अघि लीलामणि पौड्याललाई फिर्ता बोलाई पाण्डेलाई राजदूतको रुपमा चीन पठाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्