सरकारले निरन्तर नयाँ कामको थालनी गरिरहेको छ : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरन्तर नयाँ उचाइका नयाँ कामको थालनी गरिरहेको बताएका छन् ।
नापी विभागको मेरो कित्ता कार्यक्रम शुभारम्भ गर्दै ओलीले आधुनिकीकरणमा हरेक क्षेत्रमा नयाँ नयाँ प्रविधिको विकास र प्रयोग गर्नुपर्ने बताए।
नयाँ प्रविधि सकेसम्म आफैं बनाउने तर ढिला हुने वा नहुने अवस्थामा अरुबाट लिने स्पष्ट पारे। प्रधानमन्त्रीले भने “सरकारको २ कुरामा जोड छ, लगानी र प्रविधिको विकास।’’
प्रतिक्रिया दिनुहोस्