दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र काठमाडौं। दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले ओहोदाको प्रमाणपत्र दक्षिण अफ्रिकाका राष्ट्रपतिसमक्ष बुझाएका छन्। ‘प्रेसिडेन्टयल गेष्ट हाउस’ मा आयोजना गरिएको एक समारोहमा विश्वकर्माले ओहोदाको प्रमाणपत्र दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई बुझाएका हुन्। प्रमाणपत्र बुझाएपछि दक्षिण अफ्रिकाका राष्ट्रपतिसँग भएको भेटमा राजदूत विश्वकर्माले राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश सुनाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्