भारतको राजधानी दिल्लीमा ‘विकेण्ड’ कर्फ्यु काठमाडौं। भारतको राजधानी दिल्लीमा ‘विकेण्ड’ कर्फ्यु लगाइने भएको छ। दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले कर्फ्यु घोषणा गरेका हुन्। पछिल्ला दिन दिल्लीमा कोरोना भाइरसको संक्रमण बढेपछि शुक्रबारराति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यु लगाउने घोषणा गरेका हुन्। कर्फ्युको घोषणा गर्दैगर्दा उनले दिल्लीमा संक्रमितको लागि अस्पतालमा बेडको अभाव नभएको बताए। दिल्लीमा अझै पनि ५ हजारभन्दा बढी बेड खाली रहेको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्