कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादी केन्द्रको अपिल
काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन माओवादी केन्द्रको संसदीय दलले अपिल गरेको छ। आज माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक सीताकुमारी नेपालीले विज्ञप्ति जारी गर्दै विश्वासको पक्षमा मतदान गर्न अपिल गरेकी हुन्। भोलि शुक्रबार दिउँसो २ बजेका लागि प्रदेशसभाको सातौं अधिवेशन बोलाइएको छ। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।
प्रतिक्रिया दिनुहोस्