साइबर हमलालाई लिएर अमेरिकाद्वारा रुसमाथि प्रतिबन्ध
काठमाडौं। अमेरिकाले रुसमाथि साइबर हमला र अन्य शत्रुतापूर्ण कार्यको आरोप लगाउँदै प्रतिबन्धको घोषणा गरेको छ ।
अमेरिकी प्रतिबन्धबाट दर्जनौं रुसी संस्थाहरू र अधिकारीहरू निसानामा परेका छन् ।
ह्वाइटहाउसले रुसको हानिकारक वैदेशिक गतिविधिहरू रोक्न प्रतिबन्ध लगाइएको जनाएको छ ।
वक्तव्यमा गत वर्षको ठूला सोलारविन्डस ह्याकिङमा रुसी जासुसको हात रहेको आरोप लगाइएको छ । यसैगरी २०२० को चुनावमा पनि रुसले हस्तक्षेप गरेको आरोप लगाइएको छ।
प्रतिक्रिया दिनुहोस्