संविधानको रक्षा गर्ने दलहरुसँग सहकार्य गर्छो : महेन्द्र राय यादव
काठमाडाैं। जसपाका नेता मेहन्द्र राय यादवले संविधानको रक्षाका लागि संघर्ष गरिरहेका दलहरुसँग सहकार्य गर्ने बताएका छन्।
आज देखापढीसँग कुरा गर्दै नेता यादवले भने, 'नेताहरुले व्यक्तिगत रुपमा के भने त्यसको अर्थ छैन।'
अहिलेसम्म पार्टीले आधिकारिक निर्णय गरेको छैन । आफू अनुकुलको पक्षसँग सहकार्य गर्ने प्रयासमा नेताहरु छन्।
तर अन्तिम निर्णय पार्टीले गर्नेछ। जसपाले रेसम चौधरीसहित जेलमा रहेका नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता लिन, संविधान संशोधन, लगायतका माग रहेको छ ।
प्रतिक्रिया दिनुहोस्