नेपाल समूहले प्रधानमन्त्रीको गृह जिल्लामा गर्‍यो कार्यकर्ता भेला काठमाडौं। एमालेको असन्तुष्ट माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा कार्यकर्ता भेला गरेको छ। पार्टीले कारबाही गरेपछि समानान्तर कमिटि गठनलाई तीव्रता दिएका नेता नेपाल समूहले आज झापामा कार्यकर्ता भेला गरेको हो। ७ सय कार्यकर्ता जम्मा भएको भेलामा माधवकुमार नेपाल, घनश्याम भुषाल, भीम आचार्य, घनेन्द्र बस्नेत, जगन्नाथ खतिवडा, रबिन कोइराला, नरेश खरेल लगायत उपस्थित छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्