नेता–कार्यकर्तालाई कोरोना नलाग्ने हो?
काठमाडौं। सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला नहुन, ठूला सभा–सम्मेलन नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न भनिरहँदा सत्तारुढ दलबाटै त्यसको उल्लंघन भइरहेको छ।
एमालेको असन्तुष्ट माधवकुमार नेपाल समूहले आयोजना गरेको कार्यकर्ता भेलामा नेता कार्यकर्ता मास्क बिना नै उपस्थित थिए ।
भेलामा मास्क लगाएका केहीले पनि चिउडो मुनि मास्क राखेको देखिन्छ। भेलामा उपस्थित पूर्वप्रधानमन्त्री नेपालको मुखमा समेत मास्क थिएन।
प्रतिक्रिया दिनुहोस्