कर्णाली प्रदेशसभा : मुख्यमन्त्री शाहीले मागे विश्वासको मत काठमाडौँ। कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन्। उनले आफ्नो नेतृत्वमा रहेको सरकारले गरेका कामको बारे बताउँदै आफू प्रदेशको पहिलो मुख्यमन्त्री भई काम गर्न पाएकोमा गर्व लागेको बताए। पाँच वर्षको सरकार भए पनि बदलिएको परिस्थितिले विश्वासको मत लिनुपरेको अवस्थामा उनले भने, “एकपटक फेरि सरकारलाई विश्वासको मत दिनुस्, सबै विषय छलफल गरेर सहमतिमा अघि बढ्छौँ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्