प्रदेश २ को नामकरणको प्रस्ताव दर्ता गराउन आह्वान
काठमाडौं। प्रदेश २ को प्रदेशसभा सचिवालयले नामकरणसम्बन्धी प्रस्ताव दर्ता गर्न आह्वान गरेको छ। वैशाख ९ गते दिउँसो ३ बजेभित्र नामकरणबारे प्रस्ताव दर्ता गराउन आह्वान गरेको हो। अहिलेसम्म प्रदेशको नाम र राजधानीको टुंगो लाग्न सकेको छैन। यसअघि नाम र राजधानीको विषयमा प्रदेशसभा सचिवालयले प्रयास गरेको थियो तर कुनै प्रस्तावले पनि दुई-तिहाइ बहुमत प्राप्त गर्न सकेन।
प्रतिक्रिया दिनुहोस्