कर्णाली प्रदेशमा शाहीको सरकारले पायो विश्वासको मत
काठमाडौँ। कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारले विश्वासको मत हासिल गरेको छ। आज प्रदेश संसद बैठकमा भएको मतदानमा मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको हो। उनको विपक्षमा १५ मत पर्यो। आज ३७ जना सांसद उपस्थित रहेका थिए।
प्रतिक्रिया दिनुहोस्