कर्णालीमा एमाले संसदीय दलको आकस्मिक बैठक बस्दै काठमाडौं। नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको आकस्मिक बैठक शुरु भएको छ। आफ्ना चार सांसद्ले पार्टीको ह्वीप उल्लंघन गरेपछि आकस्मिक बैठक बस्न लागेको हो। बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने चार सांसद्लाई कारवाही सिफारिस गर्नेछ। एमालेका चार प्रदेश सभा सांसद्हरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले शाहीको पक्षमा मतदान गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्