ईश्वर पोखरेलले भने– विकृत ढङ्गले ह्विप उल्लंघन भयो, पार्टीले कारवाही गर्छ
काठमाडौँ। एमालेका महासचिव ईश्वर पोखरेलले कर्णाली प्रदेशसभामा केही सांसदहरूले संसदीय दलको विकृत ढङ्गले ह्विप उल्लंघन गरेको बताएका छन्। देखापढीसँग कुरा गर्दै पोखरेलले भने, “ह्विप उल्लंघन गरेको विषयलाई पार्टीले गम्भीर ढङ्गले लिन्छ र कारवाही गर्छ।” एमालेकै चार सांसदहरूले ह्विप उल्लंघन गरेर मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको छ।
प्रतिक्रिया दिनुहोस्