भारतसँगको सीमा समस्याको समाधान राजनीतिक सहमतिका आधारमा : मन्त्री ज्ञवाली
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल-भारतबीचको सीमा समस्या दुई देशबीचको राजनीतिक सहमतिका आधारमा समाधान गरिने बताएका छन्। नेपाल-भारत मैत्री सङ्घद्वारा आज आयोजित ‘सङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण’ कार्यक्रममा बोल्दै उनले सन्धि-सम्झौताका आधारमा राजनीतिक तवरबाटै सीमा समस्या समाधान हुने विश्वास व्यक्त गरे। “नेपाल र भारत प्रतिस्पर्धी होइनन्, एकअर्काका सहयोगी हुन्। नेपाल भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिन्छ,” उनले भने।
प्रतिक्रिया दिनुहोस्