प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले देखापढीसँग भने, “सर्वदलीय बैठकको कुरा नै थिएन, प्रधानमन्त्री ज्यूले भेटौं भनेर मात्र भन्नुभएको थियो, प्रचण्डले सिंहदरबारमा भेटौं न त भन्नुभएको थियो ।” जानकारी नै नभएको बैठकलाई बहिष्कार भन्न नहुने उनले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्