हिन्द–प्रशान्त क्षेत्रमा चिनियाँ प्रभावबाट अमेरिका त्रसित
काठमाडौं। हिन्द–प्रशान्त क्षेत्रमा चिनियाँ क्रियाकलापलाई लिएर अमेरिका चिन्तित बनेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबारे जापानी प्रधानमन्त्री योसिहिदे सुगासँग ह्वाइटहाउसमा गम्भीर छलफल गरेका छन्।
बाइडेनले उक्त क्षेत्रमा चीनको प्रभाव कम गर्न क्वाड देशबीच सुरक्षा संवादलाई घनीभूत पानुपर्ने धारणा राखेका छन्।
अमेरिका, जापान, अस्टे«लियासँगै भारत सामेल क्वाडमा बाइडेनले पहिलो पटक सहभागी हुँदै कोरोना, जलवायु र उत्तर कोरियाबारे पनि कुरा गरे।
प्रतिक्रिया दिनुहोस्