सर्वदलीय बैठक सुरु, प्रचण्ड गएनन् काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ११ बजे बोलाएको सर्वदलीय बैठक केहीबेर अघि सुरु भएको छ। कोरोना महामारीको रोकथाम, संसदलाई प्रभावकारी बनाउने र राजनीतिक निकास कसरी खोज्नेबारे सर्वदलीय बैठकमा छलफल हुँदैछ। बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव नेपाल, झलनाथ खनाल, उपेन्द्र यादव र डा.बाबुराम भट्टराई सहभागी छैनन्। कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण सहभागी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्