जैविक प्रयोगशाला निर्माण तीव्र पार्दै चीन
काठमाडौं। चीनले जैविक सुरक्षा स्तर–४ अर्थात् पीफोर र ८८ वटा जैविक सुरक्षा स्तर–३ प्रयोगशाला निर्माण गर्ने भएको छ। चीनका विज्ञान तथा प्रौद्योगिक मामिला उपमन्त्री सियाङ लिबिनले जैविक सुरक्षा कानुनअन्तर्गत ती प्रयोगशाला वैज्ञानिक ढंगमा निर्माण हुन लागेको बताए।
चीनमा नयाँ जैविक सुरक्षा कानुन लागू गरिएको छ। कोराना महामारी चीनको वुहानस्थित एक प्रयोगशालाबाट फैलिएको आरोप अहिले पनि लागिरहेको छ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्