सभामुख अराजक र अनैतिक गतिविधिमा लागे : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै अराजक र अनैतिक गतिविधिमा लागेको आरोप लगाएका छन्। सर्वदलीय बैठकमा प्रधानमन्त्रीले ओलीले भने, “सभामुख अग्नि सापकोटा अराजक र अनैतिक गतिविधिमा लागेका छन्, संसदबाट कुनै पनि काम हुन नदिई सरकारलाई असहयोग गरे।” बैठकमा सहभागी राप्रपा अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सभामुखको भूमिकामाथि प्रधानमन्त्रीले चर्को असन्तुष्टि व्यक्त गरेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्