६२ वर्षपछि क्युबामा कम्युनिस्ट पार्टीको नेतृत्व क्यास्ट्रो परिवार बाहिर काठमाडौं। राउल क्यास्ट्रोले क्युबाको कम्युनिस्ट पार्टीको नेताबाट राजीनामा दिएका छन्। ८९ वर्षीय क्यास्ट्रोले नेतृत्व छाडेसँगै ६२ वर्षपछि क्युबाको कम्युनिस्ट पार्टीको नेतृत्व क्यास्ट्रो परिवारबाहिर जाने भएको छ। उनले पार्टीको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने घोषणा गरेसँगै चार दिने पार्टी महाधिवेशनको अन्त्यमा नयाँ नेता चयन गरिनेछ। सन् १९५९मा उनका दाजु फिडेलको नेतृत्वमा क्रान्ति सम्पन्न भएपछि लगातार क्यास्ट्रो दाजुभाइ पार्टीको नेतृत्वमा थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्