चारा घोटाला काण्डमा जेल परेका लालु यादवलाई राहत काठमाडौं। विभिन्न कारणले सधैं चर्चामा रहने भारतीय नेता लालु यादवलाई अदालतले जमानतमा रिहा गरेको छ। चारा घोटाला काण्डमा जेल परेका राजद सुप्रिमो तथा बिहारका पूर्वमुख्यमन्त्री यादवलाई शर्तसहित राँची अदालतले जमानतमा छाडेको हो। यो काण्डको सुनुवाइ अप्रिलमा तोकिएको थियो, तर सीबीआईले जवाफ दिनका लागि थप समय मागेपछि सुनुवाइ धकेलिएको छ। लामो समयदेखि अस्वस्थ नेता यादवको अस्पतालमा उपचार पनि चलिरहेको छ।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्