लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो : नेता सिंह
स्याङ्जा। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकारको खाँचो रहेको औँल्याएका छन्।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज आयोजना गरेको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले लोकतन्त्रको रक्षाका लागि कांग्रेसले नेतृत्व लिएर अगाडि बढ्नुको विकल्प नभएको बताए। नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षाका लागि कांग्रेसले अबको नेतृत्व लिनुपर्ने उनको धारणा थियो।
प्रतिक्रिया दिनुहोस्