सर्वदलीय बैठकको संकेत : केन्द्रको राजनीति अब एमसीसी वरपर घुम्ने !
काठमाडौं। नेपाली कांग्रेसले एमसीसीलाई छलफलका लागि संसदमा ल्याउन दिएको सुझावले केन्द्रको राजनीति अब एमसीसी वरपर घुम्ने संकेत देखिएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले आफूसमक्ष थन्काएर राखेको एमसीसीलाई संसदमा ल्याउन नचाहेको बेला कांग्रेसले प्रधानमन्त्रीलाई यस्तो आग्रह गरेको हो। नेकपा एमालेले पनि एमसीसीबारे बहसका लागि संसदमा ल्याउनुपर्ने माग गर्दै आएको छ। कांग्रेस नेतृत्वकै सरकारका बेलामा एमसीसी सम्झौता भएको थियो।
प्रतिक्रिया दिनुहोस्