प्रचण्ड बैठकमा नआएपछि प्रदीप ज्ञवालीले भने– माओवादी केन्द्र नभए पनि देश चल्छ
काठमाडौं। नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले माओवादी केन्द्र बैठकमा नआए पनि देश चल्ने बताएका छन्। सर्वदलीय बैठकपछि प्रतिक्रिया दिँदै उनले भने, “किन गैरजिम्मेवार बाटोमा हिँडिरहनु भएको छ, त्यो उहाँहरूले जान्ने कुरा हो, उहाँहरू नहुँदा पनि देश भने चल्छ।” उनले कोभिड रोकथामका लागि सबै दल एक ढिक्का रहेको समेत बताए। कर्णालीमा सांसदहरूले ह्विप उल्लघंन गर्ने कुरा अक्षम्य हुने उनले बताए।
प्रतिक्रिया दिनुहोस्