केन्द्रको अराजकता हटाउन सक्रिय छु : प्रचण्ड काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा देखिएको अराजकता हटाउन आफू लागिपरेको बताएका छन्। आज शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद् उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, “गण्डकीमा समर्थन फिर्ता लिइसकेका छौं, अब लुम्बिनीमा पनि बहुमतको हस्ताक्षर पुगिसकेको छ, केन्द्रको अराजकता हटाउन छलफलमा छु।” अहिले पनि बाम लोकतान्त्रिक पक्षको एकतामा मेरो जोड रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्