‘तालिबानले अब हिंसा जारी राख्नुको कुनै कारण बाँकी छैन’ काठमाडौं। अमेरिकाले अफगानिस्तानबाट सुरक्षाबल पूर्ण रुपमा फिर्ता लैजाने बताइसकेपछि तालिबानले हिंसा जारी राख्नुको कुनै कारण बाँकी नरहेको अफगानी राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्ला मोहिबले शुक्रबार बताएका छन्। मोहिबले भारतीय विदेशमन्त्री एस जयशंकर र इरानी समकक्षी जावेद जरिफसँग छलफलका क्रममा यस्तो बताएका हुन्। उनले भने, ‘‘अफगानिस्तानमा शान्ति कायम गर्न र राजनीतिक मूलधारमा आउन तालिबानका लागि यो महत्वपूर्ण समय हो।’’(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्