बादलको स्थानमा ३५ दिनभित्र उपनिर्वाचन गराउनुपर्ने
काठमाडौं। गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभाको पद गुमेको छ। उनको स्थानमा राष्ट्रिय सभा सदस्यमा पदपूर्तिका लागि ३५ दिनभित्र उपनिर्वाचन गराउनुपर्ने कानुनी बाध्यता छ। राष्ट्रियसभा निर्वाचन ऐनको दफा ६१ अनुसार कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्