कांग्रेस केन्द्रीय समिति बैठकमा छैन सत्ता समीकरणको एजेण्डा
काठमाडौं। नेपाली कांग्रेसको दुई बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सत्ता समीकरणको एजेण्डा नबनाइने भएको छ । प्रादेशिक तहमा दलहरूबीच राजनीतिक ध्रुविकरण बढिरहेका बेला कांग्रेसको बैठकमा भने सत्ता समीकरण एजेण्डाको रुपमा नरहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले बताए । “कसैले सत्ता समीकरणबारे बैठकमा एजेण्डा बनायो भने छलफल हुने होला, तर विशेष छलफल भने १४ औं महाधिवशेनमै केन्द्रित हुन्छ ।”
प्रतिक्रिया दिनुहोस्