विपक्षी भन्छ, मुख्यमन्त्री राईमाथि थप अविश्वास बढ्यो
काठमाडौं। प्रदेश नम्बर १ प्रदेशसभा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री शेरधन राई र उनको नेतृत्वको सरकारमाथि थप आशंका र अविश्वास बढेको बताएका छन्।
संसदमा उठेका माग सम्बोधन गर्नेभन्दा पनि अवरोधकै बिच अधिवेशन अन्त्य गर्नुले संसदको विश्वास गुमाउँदै गएको बताए । आङ्बोले भने ‘अधिवेशन अन्त्य भइसकेपछिको अवस्थामा विपक्षी दलहरुबीच छलफल गर्दैछौं, आवश्यकताअनुसार सबै प्रक्रिया अपनाउछौं।’
प्रतिक्रिया दिनुहोस्