नेपाल पक्षले काभ्रेमा गठन गर्यो समानान्तर कमिटी काठमाडौं। नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षले आज काभ्रेको बनेपामा जिल्लास्तरीय कार्यकर्ता भेला सम्पन्न गरेको छ। भेलामा ४५० जना कार्यकर्ता सहभागी भएका थिए। भेलाले टोकबहादुर वाइवाको अध्यक्षतामा २११ सदस्यीय जिल्ला कमिटिको घोषणा गरेको थियो। भेलामा पालिका तहको नेतृत्व, युवा, विद्यार्थी, किसान, मुक्ति समाजका जिल्ला कमिटिको घोषणा समेत गरियो। भेलालाई नेता नेपाल, अष्टलक्ष्मी शाक्य लगायतले सम्बोधन गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्