परिवर्तन उल्ट्याउने शक्तिबाट चलखेल भयो : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भएको परिवर्तनलाई उल्ट्याउने शक्तिको चलखेल सुरु भएको बताएका छन्।
योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल)को माडी नगर भेलालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भइरहेको छ । एकथरि तत्व लागिपरेका छन्।’ संविधानको समानुपातिक र समावेशी चरित्रमाथि प्रहार भएको उनको दाबी छ।
प्रतिक्रिया दिनुहोस्