पूर्वमन्त्री सुवालको निधनमा कांग्रेसद्वारा दुःख व्यक्त
काठमाडौं। पूर्वमन्त्री प्रयागराज सिंह सुवालका ९३ वर्षको उमेरमा आइतबार काठमाडौंको झोंछे ओमवहालस्थित आफ्नै निवासमा निधन भएको छ। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।
नेपाली कांग्रेसेल आज एक शोक वक्तव्य निकाल्दै उनको निधनप्रति दुःख व्यक्त गरेको छ।
स्वर्गीय सुवालले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको निधनबाट पार्टीले एक अग्रज व्यक्ति गुमाएको कांग्रेसले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्