लुम्बिनी सरकारमा जसपाका सांसद मन्त्री बन्दै!
काठमाडौँ। अविश्वासको प्रस्ताव दर्ता गरेको केही घण्टापछि नै मुख्यमन्त्री शंकर पाखरेलले मन्त्री थप्ने तयारी गरेका छन्। माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि पोखरेल नेतृत्वकै सरकारमा जनता समाजवादी पार्टीका सांसदहरू सहभागी हुने बताइएको छ। जसपाबाट सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे मन्त्री बन्न लागेको बुझिएको छ। कल्पना पाण्डेले भने अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी छैनन्।
प्रतिक्रिया दिनुहोस्