लुम्बिनी प्रदेशमा मन्त्री हेरफेर, जसपाका नयाँ मन्त्री नियुक्त काठमाडौँ। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरलले मन्त्रिपरिषद् हेरफेर गरेका छन्। मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टीका सांसद सन्तोष पाण्डे भौतिक पूर्वाधार विकाम मन्त्री, विजय यादव भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री तथा कल्पना पाण्डे शिक्षा तथा सामाजिक मन्त्री बनेका छन्। सुमन शर्मा रायमाझी भने राज्यमन्त्रीमा नियुक्त भएका छन्। उनीहरूलाई प्रदेशप्रमुख धर्मनाथ यादवले आज शपथ गराएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्