माओवादी केन्द्रले पार्टी एकीकरणका लागि सामान्य छलफल गर्नसमेत अनिच्छा देखायो : अध्यक्ष ओली
काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्रले पार्टी एकीकरणका लागि सामान्य छलफल गर्नसमेत अनिच्छा र अरुचि देखाएको आरोप लगाएका छन्। आज दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले भने, “हाम्रो प्रयासलाई बेवास्ता गर्यो। उल्टै ऊ (माओवादी केन्द्र) सर्वोच्चको उक्त फैसलाका विरुद्ध पुनरावलोकनमा गयो।”
प्रतिक्रिया दिनुहोस्